८ दिनमै आयो साढे ६ अर्बको वैदेशिक लगानी प्रस्ताव

काठमाडौं । कात्तिक महिनाकाे ८ दिनमै (१ गतेदेखि ८ गतेसम्म) वैदेशिक लगानीका १० वटा उद्योग दर्ता भएको छन् । भन्सार विभागको तथ्यांक अनुसार सो अवधिमा कूल ६ अर्ब ५० करोड वैदेशिक लगानी प्रस्ताव गरेका हुन् ।

 

चालू आर्थिक वर्षको पहिलो त्रैमास ( साउनदेखि असोज मसान्त) सम्ममा वैदेशिक लगानीका ८२ वटा उद्योग दर्ता भएका थिए । कात्तिक महिनामा दर्ता भएका सहित चालू वर्षमा ९२ वटा विदेशी लगानीका उद्योग दर्ता भएका छन् ।

उर्जा, पर्यटन, उत्पादन र सेवामूलक क्षेत्रका उद्योग विदेशी लगानीकर्ताको रोजाइमा परेका छन् । कात्तिकमा दर्ता भएका उद्योगहरुमा पर्यटन क्षेत्रमा ६ वटा, उर्जामा १ वटा, उत्पादनमूलकमा २ वटा र सेवामूलक क्षेत्रमा १ वटा उद्योग दर्ता भएका हुन् ।

 

उर्जामा ४ अर्ब ४ करोड, उत्पादनमूलकमा १ अर्ब ५४ करोड, सेवामूलकमा ७ करोड र पर्यटनमा ८५ करोड वैदेशिक लगानी प्रस्ताव आएको विभागले जनाएको छ ।

 

चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा कूल १३ अर्ब २६ करोड रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

 

यस अवधिमा चीनबाट सबैभन्दा धेरै लगानीको प्रतिबद्धता आएको हो । उद्योग विभागको तथ्यांक अनुसार सो अवधिमा चीनले १० अर्ब ३९ करोड लगानी प्रतिवद्धता जनाएको छ भने भारतले २ अर्ब ३० करोड रुपैयाँ लगानी प्रतिवद्धता जनाएको छ ।

 

यस्तै, अस्ट्रेलिया र पाकिस्तानबाट ५/५ करोड लगानी प्रतिवद्धता आएको छ । बंगलादेशबाट १५ करोड लगानी प्रतिवद्धता आएको छ । जापानले १० करोड लगानी प्रतिवद्धता देखाएको छ । बेलायतबाट २१ करोड लगानी प्रतिवद्धता आएको छ ।

उद्योग बाणिज्य महासंघको विशेष साधारण सभा स्थगित Read Previous

उद्योग बाणिज्य महासंघको विशेष साधारण सभा स्थगित

शरीरलाई चाहिने भिटामिन र खनिज कसरी पाइन्छ Read Next

शरीरलाई चाहिने भिटामिन र खनिज कसरी पाइन्छ