पूँजी बजारको संरचना सुधार गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले पूँजी बजारको विकास र विस्तारका लागि संरचना सुधार गर्ने घोषणा गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैंठकमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन ।

यसका साथै सरकारले गैरआवासिय नेपालीको लगानी भित्र्याउनको लागि पनि पहल गर्ने घोषणा गरेको छ । ‘सरकारले पूँजी बजारको विकास र विस्तारको लागि संरचना सुधार गर्ने छ । गैरआवासिय नेपालीलाई पूँजी बजारमा लगानीको वातावरण तयार गरिनेछ’, उनले भने ।

लघुवित्तको नाफा ५९ प्रतिशतले घट्यो, १ दर्जन घाटामा, कुनको कति ? Read Previous

लघुवित्तको नाफा ५९ प्रतिशतले घट्यो, १ दर्जन घाटामा, कुनको कति ?

नयाँ सरकार आएदेखि सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति Read Next

नयाँ सरकार आएदेखि सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति