नयाँ सरकार आएदेखि सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् ।

सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धि उत्साहजनक रहेको बताएका हुन् ।

‘अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएका छन् । अर्थतन्त्र स्वाभाविक लयमा फर्कन थालेको छ,’ राष्ट्रपति पौडेलले भने ।

उनले पछिल्लो समय राजस्व, वैदेशिक सहायता र वैदेशिक लगानीमा सकारात्मक प्रभाव परेको र विप्रेषण आप्रवाह बढेको बताए । विदेशी मुद्रा सञ्चिति बढेको, बैंकको ब्याजदरमा तुलनात्मक सुधार, विदेशमा भएका लाखौं नेपाली सामाजिक सुरक्षामा आबद्ध हुने प्रक्रिया सुरु भएको उनको भनाइ छ ।

‘राजस्व चुहावटलाई कडाइका साथ नियन्त्रण गर्न र विप्रेषणलाई औपचारिक मार्गबाट भित्र्याउन सरकार स्पष्ट मार्गचित्रका साथ अगाडि बढेको छ । सार्वजनिक सेवा प्रवाहमा सुधार आएको छ,’ राष्ट्रपति पौडेलले भने, ‘सार्वजनिक सेवा प्रवाहमा सुधार आएको छ ।’

पूँजी बजारको संरचना सुधार गर्ने सरकारको घोषणा Read Previous

पूँजी बजारको संरचना सुधार गर्ने सरकारको घोषणा

विद्यमान कर प्रणाली पुनरावलोकन गर्ने सरकारको घोषणा Read Next

विद्यमान कर प्रणाली पुनरावलोकन गर्ने सरकारको घोषणा