आदर्श लघुवित्तलाई गाभ्न डिप्रोक्सले पायो अन्तिम स्वीकृत, स्वाप रेसियो कति ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्वीजिसन) गर्न अनुमति पाएको छ ।

नेपाल राष्ट्र बैंकले जेठ ३ गते डिप्रोक्सलाई आदर्श प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको हो ।

दुई लघुवित्तले गत चैत १३ गते प्राप्ति सम्बन्धी अन्तिम सम्झौता गरेको थिए भने गत असोज १४ गते एक्वीजिसन सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।

डिप्रोक्सले आदर्शलाई समान हैसियत अर्थात् १ः१ सेयर अनुपातमा गाभ्न लागेको हो । आदर्शलाई गाभेपछि डिप्रोक्सको चुक्ता पूँजी १ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ ।

गत फागुन ३० गते सम्पन्न दुवै लघुवित्तको साधारण सभाले मार्फत गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् । अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि एकीकृत कारोबार सुरु गर्नेछन् ।

६ महिनापछि वैशाखमा घट्यो कित्ताकाट, चालु वर्षमा ४ लाख टुक्रा पारियो Read Previous

६ महिनापछि वैशाखमा घट्यो कित्ताकाट, चालु वर्षमा ४ लाख टुक्रा पारियो

कामपाले उठायो झन्डै साढे ७ अर्ब राजस्व, पार्किङ र पर्यटनमा लक्ष्यभन्दा धेरै असुली  Read Next

कामपाले उठायो झन्डै साढे ७ अर्ब राजस्व, पार्किङ र पर्यटनमा लक्ष्यभन्दा धेरै असुली