काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा बुधबार फरवार्ड माइक्रोफाइनान्स र नेपा बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।
दुवै कम्पनीको गरी झन्डै ५० लाख कित्ता सेयर सूचीकृत भएको हो । नेपाल बैंकले गत वर्षको नाफाबाट वितरण गरेको २ प्रतिशत बोनस बापतको २८ लाख ८१ हजार १८०.९६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
त्यसैगरी, फरवार्ड माइक्रोफाइनानसको २५ प्रतिशत अर्थात् २१ लाख ११ हजार १२७.४७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत दुवै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।