प्रभु लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, बोनस र नगद दुवै घट्यो

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट घोषणा गरेको लाभांश संशोधन भएको छ ।

नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनी संचालक समितिको जेठ ३ गते बसेको बैठले यसअघि घोषणा गरेको लाभांश संशोधन गरेको हो ।

संशाेधित नयाँ लाभांश अनुसार सेयरधनीले अब ९.८० प्रतिशत बोनस सेयर र ०.५१ प्रतिशत नगद गरी कुल १०.३१ प्रतिशत लाभांश पाउने छन् ।

यसअघि इन्स्योरेन्स संचालक समितिको वैशख २५ गतेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनासहित ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामा साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

 

माथिल्लो तामाकोसी २ अर्ब घाटामा, ६.१७ अर्बको बिजुली बेच्दा पनि किन गयो घाटामा ? Read Previous

माथिल्लो तामाकोसी २ अर्ब घाटामा, ६.१७ अर्बको बिजुली बेच्दा पनि किन गयो घाटामा ?

९० करोड लगानीमा ६ कृषि उद्योग खुल्दै, २ वटामा विदेशी लगानी Read Next

९० करोड लगानीमा ६ कृषि उद्योग खुल्दै, २ वटामा विदेशी लगानी