डिजेल र मट्टितेलको मूल्य लिटरमै १० रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमले डिजेल र मट्टितेलको मूल्यमा मंगलबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर १० रुपैयाँ घटाएको छ । पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत छ । मूल्य घटेसँगै डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १५५ रुपैयाँ कायम भएको छ ।

यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १६५ रुपैयाँ थियो । पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १६० रुपैयाँ, हवाई इन्धन (बाह्य)को प्रतिलिटर अमेरिकी डलर १.३५० र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ८०० थयावत कायमै राखेको छ ।

जीडीपी वृद्धिदर गण्डकीकाे सबैभन्दा धेरै, आकारमा बागमती पहिलो Read Previous

जीडीपी वृद्धिदर गण्डकीकाे सबैभन्दा धेरै, आकारमा बागमती पहिलो

तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन Read Next

तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन