काठमाडौं । चालु वर्षमा सात प्रदेशमध्ये गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धिदर सबैभन्दा धेरै हुने भएकाे छ । राष्ट्रिय तथ्यांक कार्यालयद्धारा मंगलबार सार्वजनिक प्रादेशिक जीडीपी अनुसार गण्डकी प्रदेशको आर्थिक वृद्धिदर धेरै हुने अनुमान गरेको हो ।
तथ्यांक कार्यालयका अनुसार चालु वर्षमा गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादनको वृद्धिदर ३.२६ प्रतिशत हुने अनुमान गरिएको छ ।
यस्तै, संघीय राजधानी समेत रहेको बागमती प्रदेशको जीडीपी वृद्धिदर १.४४ प्रतिशत हुने कार्यालयको अनुमान छ। यसैगरी, कोशीको २ प्रतिशत, मधेशको १.७ प्रतिशत, लुम्बिनीको २.१ प्रतिशत, कर्णालीको १.९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको जीडीपी १.८ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।
यस्तै, कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्य बागमतीको सबैभन्दा धेरै करिब १९ खर्ब ८१ अर्ब हुने अनुमान छ भने कर्णाली प्रदेशको सबैभन्दा कम २ खर्ब २१ अर्ब हुने कार्यालयले अनुमान गरिएको छ।
यसैगरी, कोसी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्य करिब ८ खर्ब ४९ अर्ब, मधेस प्रदेशको जीडीपी ७ खर्ब ७ अर्ब, लुम्बिनीका ७ खर्ब ६२ अर्ब र सुदूरपश्चिको जीडीपी ३ खर्ब ७६ अर्ब हुने अनुमान छ ।