काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्र्रोलियम पद्धार्थको नयाँ मूल्यसूची पठाएको छ ।
आइओसीबाट मंगलबार प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ९.५१ रुपैयाँ र डिजेलमा ८.०८ रुपैयाँ भाउ घटेर आएको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्र्रोलियम पदार्थको मूल्य घटेसँगै आइओसीले पनि निगमलाई भाउ घटाएर पठाएको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आउँदा भारतले पनि भाउ घटाएर पठाएको हो ।
अन्तर्राष्ट्रि बजारमा हुने घटबढ अनुसार आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ । भारतबाट भाउ घटेर आए पनि निगमले मूल्य घटाउनेनघटाउने बारे केही बताएको छैन । अघिल्लो पटक पनि भाउ घटेर आए पनि निगमले भने घटाएको थिएन ।