माइखोला हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, ओपन रेन्ज कति ?

काठमाडौं । माइखोला हाइड्रोपावरको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा सूचीकृत भएको छ ।

सोमबार कम्पनीले स्थानीय, सर्वसाधरण र संस्थापकलाई जारी गरेको सेयर नेप्सेमा सूचीकृत गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको ३९ लाख २१ हजार ५६८ कित्ता सेयर सूचीकृत गरेको हो ।

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर मंगलदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, प्रि ओपन सेसनमा कारोबार हुन नसके नियमित कारोबारमा आउने छैन ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम १११.६७ रुपैयाँदेखि ३३५.०१ रुपैयाँँ ओपनिङ्ग रेन्ज तोकेको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।

नेप्सेले कम्पनीको सेयर कारोबारका लागि MKHL संकेत चिह्न प्रदान गरेको छ ।

आजदेखि साझाका थप ३ बिजुली बस गुड्दै, यस्तो छ रुट Read Previous

आजदेखि साझाका थप ३ बिजुली बस गुड्दै, यस्तो छ रुट

नीतिगत अस्थिरताले घरजग्गा कारोबार फेरि सुस्तायो, सरकारको आम्दानीमा धक्का Read Next

नीतिगत अस्थिरताले घरजग्गा कारोबार फेरि सुस्तायो, सरकारको आम्दानीमा धक्का