आजदेखि साझाका थप ३ बिजुली बस गुड्दै, यस्तो छ रुट

काठमाडौं । साझा यातायातले आजदेखि थप ३ बिजुली बस संचालनमा ल्याउने भएको छ । साझाले आज दिउँसो २ः३० बजेदेखि ललितपुरकाे पाटनढोकादेखि  काठमाडाैंकाे जोरपाटीसम्म ३ वटा बिजुली बस संचालनमा ल्याउने भएको हो ।

उक्त बस सेवाको शुभारम्भ दिउँसो साढे २ बजे ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गर्ने साझा यातायातले जनाएको छ ।

साझा यातायातका अनुसार आजदेखि पाटनढोका-रत्नपार्क-ज्ञानेश्वर–गौशाला–चाबहिल–बौद्ध–जोरपाटी–दक्षिणढोका रुटमा ३ बिजुली बस गुड्ने छन् ।

साझाले केही महिना अघि चीनबाट ४० वटा बिजुली बस ल्याएको थियो । सोमध्ये यसअघि ३ वटा संचालनमा ल्याइसकेको थियो भने आजदेखि थप ३ वटा संचालनमा ल्याउने भएको हो ।बाँकी ३४ बिजुली बस पनि चाँडै संचालनमा ल्याउने साझाको तयारी छ ।

 

पेट्रोल चोर्ने ट्याङ्कर चालकलाई कारबाही, ढुवानी गर्न सधैंका लागि बन्देज Read Previous

पेट्रोल चोर्ने ट्याङ्कर चालकलाई कारबाही, ढुवानी गर्न सधैंका लागि बन्देज

माइखोला हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, ओपन रेन्ज कति ? Read Next

माइखोला हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, ओपन रेन्ज कति ?