काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था बीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको छ ।
गत मंसिर २६ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता गरेका दुई लघुवित्तले वैशाख ३० गते अन्तिम सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
दुवै लघुवित्त समान हैसियत अर्थात् १ः१ सेयर अनुपातमा मर्ज हुने भएका हुन् ।
हाल विजय लघुवित्तको चुक्रा पूँजी ३८ करोड ४० लाख रुपैयाँ छ भने नयाँ सारथीको ३६ करोड १० लाख रुपैयाँ छ । मर्जरपछि नयाँ कम्पनीको एकीकृत चुक्ता पूँजी ७४ करोड ५० लाख रुपैयाँ पुग्ने छ ।