मोदी इनर्जीको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । मोदी इनर्जी कम्पनीको प्राथमिक साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट ५ लाख ६१ हजार २२६ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने ६ लाख ६८ हजार ५१५ जनाको हात रित्तो भएको छ ।

कम्पनीको आइपीओमा कुल १२ लाख ३६ हजार २६९ जनाले आवेदन दिएका थिए । तीमध्ये ६ हजार ५२८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले वैशाख १९ गतेदेखि २४ गतेसम्म सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ५५ करोड ५९ लाख ४२ हजार रुपैयाँ बराबरको ५५ लाख ५९ हजार ४२० कित्ता सेयर विक्रीमा ल्याएको थियो ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

बाहिरी चक्रपथकाे बजेट : कर्मचारी पाल्न पुग्छ, काम गर्न छैन Read Previous

बाहिरी चक्रपथकाे बजेट : कर्मचारी पाल्न पुग्छ, काम गर्न छैन

नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस र नगद कति ?