काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र मुक्तिनाथ विकास बैंक बीच एससीटी–यूपीआइ डेबिटकार्ड सेवा संचालनका लागि सम्झौता सम्पन्न भएको छ।
सम्झौतापत्रमा स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरे ।
विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र राष्ट्रिय स्तरमा ग्राहक मैत्री वित्तीय सेवा प्रदान गर्दै आईरहेको मुक्तिनाथ विकास बैंक बीच भएको यो सम्झौताले नेपालको समग्र डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको छ ।
हाल ५ वाणिज्य बैंक, ५ विकास बैंक, १२ फाइनान्स कम्पनी र १५० भन्दा बढी सहकारीहरूले एससीटी इूप्ीऋँई डेबिट कार्ड आफ्नो ग्राहकहरुलाई प्रदान गरिरहेका छन्। यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहक महानुभावहरूले एससीटी यूपीआइ डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने छन् ।
साथै, युनियन पे इन्टरनेशनल प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पीओएस, ई कमर्श जस्ता सेवा सजिलै लिन सक्नेछन ।