लघुवित्तका ऋणीलाई राहत, असारसम्म ऋणको पुनर्तालिकीकरण गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंक लघुवित्त वित्तीय संस्थाका ऋणीलाई पनि राहत दिएको छ ।

राष्ट्र बैंकले शुक्रबार चालु आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै लघुवित्तका ऋणीले २०८० असार मसान्तभित्र कर्जाको पुनरसंरचना/पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था गरेको हो ।

‘वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी सम्वन्धित संस्थाले आवश्यकता र औचित्यको आधारमा २०८० असार मसान्तभित्र कर्जाको पुनरसंरचना(पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने छ,’ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा भनिएको छ।

यस व्यवस्थाले ऋण तिर्न नसकेर अफ्ठेरोमा परेका लघुवित्तका ऋणीलाई केही राहत मिलेको छ । पछिल्लो समय लघुवित्त संस्थाहरुले मनपरी कर्जा लगानी गरी अचाक्ली ब्याज असुलेको भन्दै देशव्यापी रुपमा आन्दोलन भइरहेको छ ।

आन्दोलनका कारण ऋण तिर्न सक्ने क्षमता भएका ऋणीले समेत तिर्न छाडेका छन् । जसले लघुवित्तहरुको खराब कर्जा ह्वात्तै बढेको छ । अधिकांश लघुवित्तहरुको खराब कर्जा राष्ट्र बैंकले तोकेको सीमाभन्दा धेरै अर्थात् ५ प्रतिशत बढी पुगेको छ ।

यस्ता छन् मौद्रिक नीति समीक्षमा गरिएका ७ मुख्य व्यवस्था Read Previous

यस्ता छन् मौद्रिक नीति समीक्षमा गरिएका ७ मुख्य व्यवस्था

मुक्तिनाथ विकास बैंकका ग्राहकले एससीटी-यूपीआइ डेबिटकार्ड सेवा पाउने Read Next

मुक्तिनाथ विकास बैंकका ग्राहकले एससीटी-यूपीआइ डेबिटकार्ड सेवा पाउने