तीन महिनामा १३ अर्ब वैदेशिक लगानी प्रस्ताव, कुन देशबाट कति

तस्विरः दि हिमालयन टाइम्सबाट

काठमाडौं । नेपालको अधिकांश व्यापारिक कारोबार भारतसँग भए पनि वैदेशिक लगानीमा भने भारतलाई चीनले उछिनेको छ । नेपालमा झण्डै ९० प्रतिशत व्यापारीक कारोबार भारतसँग हुने गरेको भए पनि भारतले नेपालमा लगानी गर्न संकोच मानेको देखिन्छ ।

 

चालू आर्थिक वर्षको कात्तिक पहिलो सातासम्ममा कूल १३ अर्ब २६ करोड वैदेशीक लगानी भित्रिएको छ । सो अवधिमा सबैभन्दा बढी चीनले नेपालमा लगानी गर्न चासो देखाएको छ ।

 

चीनबाट मात्रै नेपालमा कूल १० अर्ब ३९ करोड रुपैयाँ लगानी भित्रिने प्रस्ताव आएको हो । यस्तै भारतबाट भने जम्मा २ अर्ब ३० करोड लगानी गर्ने प्रस्ताव आएको छ ।उद्योग विभागको तथ्यांक अनुसार चीनले भारतको भन्दा ५ गुणा बढी लगानी गर्ने प्रस्ताव गरेको हो ।

 

भारतले उत्पादन, पर्यटकीय क्षेत्रमा लगानी गर्न प्रस्ताव गरेको छ । भारतले उत्पादन क्षेत्रमा ५ करोड लगानी प्रस्ताव गरेको छ भने सर्भिसमा २ अर्ब १० करोड लगानी गर्ने प्रतिवद्धता देखाएको हो । हालसम्म भारतले पर्यटन क्षेत्रमा भने १५ करोड रुपैयाँ मात्र लगानी गर्ने प्रस्ताव राखेको छ ।

 

यस्तै, चीनले कृषि, सूचना प्रविधि उद्योग, उत्पादन, सेवामूलक र पर्यटन क्षेत्र गरी ५ ओटै क्षेत्रमा लगानी गर्न प्रस्ताव गरेको छ ।चीनले सबैभन्दा बढी पर्यटन क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । पर्यटन क्षेत्रमा ५ अर्ब ६२ करोड लगानी गर्ने प्रस्ताव गरेको हो ।

 

चीनले सेवामूलक क्षेत्रमा २ अर्ब ५२ करोड लगानी प्रस्ताव गरेको छ । चीनले उत्पादन मूलकमा ७० करोड, कृषिमा ५ करोड र सूचना प्रविधिमूलक क्षेत्रमा १ अर्ब ५० करोड लगानी प्रस्ताव गरेको हो ।

 

कुन देशबाट कति लगानी प्रस्ताव

 

चालू आर्थिक वर्षको कार्तिक पहिलो सातासम्ममा कूल १३ अर्ब २६ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

 

यस अवधिमा चीनबाट सबैभन्दा धेरै लगानीको प्रतिबद्धता आएको हो । उद्योग विभागको तथ्यांक अनुसार सो अवधिमा चीनले १० अर्ब ३९ करोड लगानी प्रतिवद्धता जनाएको छ भने भारतले २ अर्ब ३० करोड रुपैयाँ लगानी प्रतिवद्धता जनाएको छ ।

 

यस्तै, अस्ट्रेलिया र पाकिस्तानबाट ५/५ करोड लगानी प्रतिवद्धता आएको छ । बंगलादेशबाट १५ करोड लगानी प्रतिवद्धता आएको छ । जापानले १० करोड लगानी प्रतिवद्धता देखाएको छ । बेलायतबाट २१ करोड लगानी प्रतिवद्धता आएको छ ।

 

पर्यटन क्षेत्र विदेशी लगानीकर्ताको रोजाइमा

 

पर्यटनः पर्यटन क्षेत्रमा हालसम्म ५ अर्ब ८२ करोड लगानी प्रस्ताव आएको हो । पर्यट क्षेत्रका लागि चीन, जापान र भारतले लगानी प्रस्ताव गरेका छन् । चीनले पर्यटन क्षेत्रमा ५ अर्ब ६२ करोड लगानी प्रस्ताव गरेको छ । जापानले ५ करोड र भारतले १५ करोड लगानी प्रस्ताव राखेका हुन् ।

 

सेवामूलकः सेवामूलक क्षेत्रमा चालू आवमा कूल ४ अर्ब ९३ करोड लगानी प्रस्ताव आएको छ । यस क्षेत्रमा सबैभन्दा बढी चीनले लगानी चासो देखाएको छ । चीनले यस क्षेत्रमा २ अर्ब ५२ करोड लगानी प्रस्ताव गरेको हो । बेलायतले २१ करोड जापानले ५ करोड भारतले २ अर्ब १० करोड लगानी प्रस्ताव प्रतिवद्धता जनाएका छन् ।

 

उत्पादनमूलक:  उत्पादन मूलक क्षेत्रमा चालू आवको कार्तिक पहिलो सातासम्ममा कूल १ अर्ब ८१ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ । उत्पादन मूलक क्षेत्रमा चीन, बंगलादेश र भारतले चासो देखाएका हुन् । चीनले उत्पादन मूलक क्षेत्रमा ७० करोड लगानी प्रस्ताव गरेको छ । बंगलादेशले उत्पादना १५ करोड र भारतले ५ करोड लगानी प्रस्ताव गरेको छ ।

 

सूचना प्रविधिः सूचना प्रविधि क्षेत्रमा हालसम्म कूल १ अर्ब ५५ करोड लगानी प्रस्तव आएको छ । यस क्षेत्रमा सबैभन्दा बढी लगानी चीनले गर्न प्रस्ताव गरेको छ । चीनले कूल १ अर्ब ५० करोड लगानी प्रस्ताव गरेको हो । यस्तै अष्ट्रेलीयाले ५ करोड लगानी प्रस्ताव गरेको छ ।

 

कृषि तथा वनजन्यः कृषि क्षेत्रमा चीनबाट मात्र लगानी प्रस्ताव आएको छ । कृषि क्षेत्रमा चीनले ५ करोड लगानी प्रस्ताव गरेको हो ।

सेयर बजार घट्ने क्रम जारी, एनएमबी बैंकले उचाल्यो कारोबार Read Previous

सेयर बजार घट्ने क्रम जारी, एनएमबी बैंकले उचाल्यो कारोबार

मङ्सिर १२ देखि हस्तकला व्यापार मेला हुने Read Next

मङ्सिर १२ देखि हस्तकला व्यापार मेला हुने