नबिल बैंकका दुई शाखा स्थानान्तरण हुँदै, कुन कहाँ सर्दै ?

काठमाडौं । नबिल बैंकले आफ्ना दुई वटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले वैशाख ३१ गतेदेखि नयाँ ठाउँमा संचालन हुने गरी दुई शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो ।

बैंकले काभ्रेपलाञ्चोक र नुवाकोट जिल्लामा रहेका २ वटा शाखा स्थानान्तरण गर्ने भएको हो । बैंकका अनुसार हाल काभ्रेपलाञ्चोकको भुल्भु गाउँपालिका-५ सल्ले बजारमा रहेको शाखा सोही स्थानमा (१५० मिटर पर) सार्न लागेको हो ।

त्यसैगरी, नुवाकोटको विदुर नगपालिका-४, बट्टार बजारमा रहेको शाखा विदुर नगरपालिका-२, बट्टार बजारमा स्थानान्तरण गर्न लागेको हो ।

ती शाखाहरुमा लकरमा राखिएका आफ्ना सामानहरु वैशाख २९ गतेभित्रै निकाल्न बैंकले ग्राहकलाई अनुरोध गरेको छ । शाखा स्थानान्तरण हुँदा सामान टुटफुट भएमा आफू जिम्मेवार नहुने बैंकले जनाएको छ ।

स्थानीयद्धारा गल्छी-त्रिशूली सडक बन्द Read Previous

स्थानीयद्धारा गल्छी-त्रिशूली सडक बन्द

निर्यात खुले पनि तातोपानी नाका सुनसान, आयात पनि घट्दो Read Next

निर्यात खुले पनि तातोपानी नाका सुनसान, आयात पनि घट्दो