ओखलढुङ्गामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले ओखलढुङ्गा जिल्लामा नयाँ शाखा संचालनमा ल्याएको छ।

 

बुधबार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, रमाइलो डाँडा बजारमा बैंकले नयाँ शाखा संचालनमा ल्याएको हो। उक्त शाखा संचालनसँगै बैंकको कार्यालयहरुको संख्या १४९ पुगेको छ।

 

यो बैंकले १४९ वटा शाखा, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउन्टर, १५० एटिएम तथा १९३ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालयमार्फत सेवा दिँदै आइरहेको छ।

 

त्यस्तै, बैंकले भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिंङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथै १५ लाखसम्मको बिना धितो कर्जा पनि प्रदान गर्दै आइरहेको छ ।

बिजुलीको तार 'अन्डरग्राउण्ड' गर्ने कामले गति लियो Read Previous

बिजुलीको तार 'अन्डरग्राउण्ड' गर्ने कामले गति लियो

वायु सेवा निगमको ऋण ४० अर्ब पुग्यो, चालू वर्षमा सवा २ अर्ब बचत गर्ने Read Next

वायु सेवा निगमको ऋण ४० अर्ब पुग्यो, चालू वर्षमा सवा २ अर्ब बचत गर्ने