बिजुलीको तार ‘अन्डरग्राउण्ड’ गर्ने कामले गति लियो

काठमाडौं । महाराजगञ्ज र रत्नपार्कमा बिजुलीका तार भूमिगत (अन्डरग्राउण्ड) गर्ने कामले गति लिएको छ । विद्युत प्राधिकरणले पहिलो चरणमा काठमाडौंका दुई मुख्य सडक खण्डमा बिजुलीको तार भूमिगत गर्न लागेको हो ।

 

महाराजगञ्ज र रत्नपार्कमा तार अन्डग्राउण्ड गर्नका लागि यही वर्ष २०१९ मार्चमा ठेक्का दिइएको प्राधिकरणले जनाएको छ ।

 

आयोजना प्रमुख मनोज सिलवालका अनुसार हालसम्म ठेकेदारले ‘मेटल’ ल्याउने र सामग्री तयार पार्ने काम गरिसकेको छ । केही तयारीका कामहरु हुँदै गरेकाले नोभेम्बरको अन्तिमसम्ममा ठेकेदार कम्पनीले फिल्डमै काम सुरु गर्ने सिलवालले बताए ।

 

‘ठेकेदारले सामग्री तयारीको काम गरिरहेको छ, ६/७ महिना हुन लाग्यो, तयारीका काम सकेर नोभेम्बरदेखि ठेकेदारले फिल्डमै काम सुरु गर्नेछ,’ सिलवालले चाणक्य पोष्टसँग भने ।

 

त्यससँगै वितरण प्रणालीलाई सुरक्षित बनाउँदै कामलाई अघि बढाइने उनले बताए । ‘हामीले बिजुली वितरण प्रणालीलाई भूमिगत गर्नुका साथै अप्टिकल फाइबर बिछ्याउने र बिजुली वितरणको तथ्याङ्क राख्न बेग्लै केन्द्र बनाउने र दुई वितरण केन्द्रमा ९० हजार थान आधुनिक (स्मार्ट मिटर) जडान गरिने योजना बनाएका छौं,’ सिलवालले भने ।

 

उनका अनुसार मेलम्चीले गरे जस्तो नहोस भनेर ‘ड्रिल टेक्नोलोजी’बाट खाल्डो पारी पाइप राखिने र त्यसबाटै बिजुलीका तारसमेत राखिने छ । यो प्रविधि अपनाउँदा केही मिटरको दूरीमा दुई खाल्डो खनेर तार भूमिगत गरिने छ । त्यसका लागि २/२ मिटर खाल्डा खनिनेछ भने डेढ मिटरमा पाइप राखि तार हालिने छ ।

 

तार भूमिगत गरिएसँगै दुई वितरण केन्द्र अन्तर्गतका करिब ९० हजार ग्राहकका घरमा स्मार्ट मिटरसमेत जडान गरिने छ ।दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने प्राधिकरणको योजना  छ ।

 

बिजुलीका तार अन्डरग्राउण्ड गरेपछि एउटै कोठाबाट ती क्षेत्रमा विद्युत वितरणलाई नियन्त्रण गर्न सकिने छ ।
पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४ सय भोल्टका प्रणालीलाई भूमिगत र आधुनिकीकरण (अटोमेसन) गरिन लागेको छ ।

 

कुन कुन ठाउँका तार भूमिगत गरिँदै छ ?

 

प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका बालुवाटार, गोंगबु, सामाखुसी लगायतका क्षेत्रमा २ सय किलोमिटर र रत्नपार्क वितरण केन्द्र अन्तर्गतका बागबजार, पुतलीसडक, असन, ठमेललगायतका क्षेत्रमा तार भूमिगत गर्ने काम हुनेछ ।

 

सिलवालले साना सडकहरुमा तारलाई व्यवस्थित बनाउने काम गरिने र नाङ्गा तारहरुलाई सुरक्षित बनाउने तरिका अपनाउँदै जाने बताए ।

 

तार भूमिगत गरिएसँगै दुई वितरण केन्द्र अन्तर्गतका करिब ९० हजार ग्राहकका घरमा स्मार्ट मिटरसमेत जडान गरिने छ ।

 

दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजना प्राधिकरणको छ ।

 

तार भूमिगत गर्दा कति हुन्छ खर्च ?

 

महाराजगञ्ज र रत्नपार्कमा तार भूमिगत गर्न छुट्टा छुट्टै ठेक्का गरिएको छ । दुबै ठेक्काका लागि कूल पौने ७ अर्ब रुपैयाँ लगानी रहेको छ । महाराजगञ्ज क्षेत्रको लागि सवा ३ अर्ब र रत्नपार्क क्षेत्रको लागि साढे ३ अर्ब खर्च लाग्ने प्राधिकरणले जनाएको छ ।

 

बिजुलीका तार अन्डरग्राउण्ड गरे लगतै उक्त क्षेत्रका पोलहरु हटाइने छ । यस्तै इन्टरनेट, च्यानल, टेलिफोनका तारहरु समेत अन्डरग्राउण्ड गरिनेछ ।यसले सहरलाई सफा बनाउन सघाउनुकाे साथै बिजुलीका तारबाट विभिन्न समयमा हुने दुर्घटनालाई समेत न्यूनीकरण गर्ने अनुमान गरिएको छ ।

 

बिजुलीका तार अन्डरग्राउण्ड प्रणाली महंगो भएकाले त्यसलाई सबै ठाउँमा प्रयोग गर्न सम्भव नहुने उनले बताए ।‘यो महंगो प्रणाली हो, विकसित देशमा पनि मुख्य सहरमा मात्र यस्तो प्रणाली जडान गरिएको छ, हामीले पनि उपत्यकाका मुख्य चोकहरुमा मात्र यस्तो प्रणाली जडान गर्ने छाैं, गल्लीहरुमा साना सडकमा यसलाई कार्यन्वयन गर्न गाह्रो हुन्छ, सकिदैन पनि,’ सिलवालले भने ।

 

२ वर्ष भित्र तार भूमिगत गरिसक्नु पर्ने

 

ठेक्का कम्पनीले ३० महिनाको अवधिमा महाराजगञ्ज र रत्नपार्कका बिजुलीका तारहरु अन्डरग्राउण्ड गरिसक्नु पर्नेछ । ठेक्का कम्पनीलाई काम सुम्पिएको हाल ७ महिना पुग्न लागेको छ ।

 

अबको २३ महिना भित्र ठेकेदार कम्पनीले महाराजगञ्ज र रत्नपार्क क्षेत्रका सबै तारहरु अन्डरग्राउण्ड गरिसक्नु पर्ने छ ।
अबको २ वर्षमा महारजगञ्ज र रत्नपार्क क्षेत्रमा पोल तथा तारहरु देखिने छैनन् । । बिजुलीका तार अन्डरग्राउण्ड गरे लगतै उक्त क्षेत्रका पोलहरु हटाइने छ । यस्तै इन्टरनेट, च्यानल, टेलिफोनका तारहरु समेत अन्डरग्राउण्ड गरिनेछ ।

 

यसले सहरलाई सफा बनाउन सघाउने छ । बिजुलीका तारबाट विभिन्न समयमा हुने दुर्घटनालाई यसले न्यूनीकरण गर्ने अनुमान गरिएको छ ।

 

यस्तै, इन्टरनेटका तारहरु हटाउन प्राधिकरणले इन्टरनेट कम्पनीहरुलाई निर्देशन दिएको छ भने त्यसमा इन्टरनेट कम्पनीहरुले अटेर गरिरहेका छन् ।

साढे ५ महिनापछि कारोबार खुलेको एनएमबी बैंकको सेयरमा लगानीकर्ताको आकर्षण Read Previous

साढे ५ महिनापछि कारोबार खुलेको एनएमबी बैंकको सेयरमा लगानीकर्ताको आकर्षण

ओखलढुङ्गामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा सञ्चालनमा Read Next

ओखलढुङ्गामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा सञ्चालनमा