काठमाडौं । इङवा हाइड्रोपावर कम्पनीको प्राथमिक साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङले आज आइपीओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख २६ हजार ८६३ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । तीमध्ये भाग्यमानी ९ जनाले थप १/१ कित्ता सेयर पाएका छन् ।
कम्पनीको आइपीओमा कुल १२ लाख ३ हजार ९९५ जनाले आवेदन दिएका थिए । तीमध्ये ४ हजार २८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एसबीआई मर्चेण्ट बैंकिङले जानकारी दिएको छ।
कम्पनीले वैशाख १३ गतेदेखि १७ गतेसम्म सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १२ करोड ६८ लाख ६३ हजार ९०० रुपैयाँ बराबरको १२ लाख ६८ हजार ६३९कित्ता सेयर विक्रीमा ल्याएको थियो ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।