जाल्पा लघुवित्तको लाभांश संशोधन, घोषणा गरेकोभन्दा ६२ प्रतिशत घट्यो

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/८९ को मुनाफाबाट घोषणा गरेको लाभांश संशोधन गरेकाे छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्त संचालक समितिको वैशाख २६ गते बसेको बैठकले यसअघि घोषणा गरेको लाभांश संशोधन गरेको हो ।

लघुवित्तले यसअघि कुल ७६.८४ प्रतिशत (७३% बोनस र ३.८४% नगद) लाभांश घोषणा गरेको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार अब जम्मा १५ प्रतिशत (१४.२५% बोनस र ०.७५% नगद) लाभांश वितरण गर्ने भएको छ ।

संशोधित लाभांश राष्ट्र बैंकको स्वीकृत र लघुवित्तको आगामी साधरणसभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

इङवा हाइड्रोपावरकाे आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Previous

इङवा हाइड्रोपावरकाे आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ Read Next

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ