सिटिजन्स बैंकका ग्राहकले पाँचतारे होटल इच्छामा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बारा सिमरास्थित ५ तारे होटल इच्छा प्रालि विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकहरुले होटल इच्छामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

सिटिजन्स बैंकले हाल देशभरका १८२ वटा शाखा, १३९ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट १५ लाख ४० हजार बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।

 

मन्दीका बीच तीव्र आर्थिक वृद्धि गर्दै बंगलादेश, वृद्धिदरमा चीनलाई उछिन्दै Read Previous

मन्दीका बीच तीव्र आर्थिक वृद्धि गर्दै बंगलादेश, वृद्धिदरमा चीनलाई उछिन्दै

रुकुम पश्चिम र जाजरकोट जोड्न भेरी नदीमा बेलिब्रिज निर्माण गरिने Read Next

रुकुम पश्चिम र जाजरकोट जोड्न भेरी नदीमा बेलिब्रिज निर्माण गरिने