काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उच्च गिरावट आएको छ । लघुवित्तले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४६.१२ प्रतिशतले घटेको छ ।
लघुवित्तले चालु आवको चैत मसान्तसम्ममा ३२ करोड ९२ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा झन्डै २९ करोड कम हो । लघुवित्तले गत वर्षको चैतसम्म ६१ करोड ९ लाख रुपैयाँ कमाएको थियो ।
खुद ब्याज आम्दानी, सञ्चालन नाफामा घट्दा र खराब कर्जा बढेपछि इम्पेयरमेन्ट चार्ज बढ्दा लघुवित्तको खुद नाफामा उच्च गिरावट आएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.५४ प्रतिशत घटेर १ अर्ब १९ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सञ्चालन मुनाफा ४६.१२ प्रतिशतले घटेर ४७ करोड ३ लाखमा सीमित भएको छ ।
समीक्षा अवधिमा लघुवित्तले १० अर्ब निक्षेप संकलन र ८ अर्ब ७० करोड सापटी लिई कुल २२ अर्ब ४५ करोड ऋण लगानी गरेको छ । हाल १ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा ८१ करोड ३४ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ९ करोड रुपैयाँ संचित छ । समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य नाफा १९ करोड २३ लाख रुपैयाँ रहेको छ ।
नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ७८.७७ रुपैयाँबाट घटेर ३७.१४ रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २६१.४५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४०.५३ गुणा र खराब कर्जा झन्डै ६ गुणाले बढेर ४.९१ प्रतिशत पुगेको छ ।