काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले हकप्रद सेयर प्रयोजनका लागि भोलि (वैशाख २७ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयर पाउने छन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत अर्थात् १:०.७५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर विक्री गर्ने भएको हो ।
हाल १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।