श्री एयरलाइन्सको जहाज उडानमा प्रतिबन्ध

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन–एएनइ (डीएचसी–८–४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ ।

प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलका लागि उक्त जहाज सञ्चालनमा रोक लगाइएको हो ।

भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि बीच बाटोबाटै भैरहवा फर्किएको थियो ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दूरीमा पुग्दा जहाजमा प्राविधिक समस्या देखिएपछि पुनःसोही विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।

जहाजको ल्यान्डिङ गियरमा समस्या देखिएकाले पुनः गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो । अवतरणका क्रममा धावनमार्ग मै जहाज अड्किएकोमा सो जहाजको प्राविधिक मर्मतपछि धावनमार्गबाट निकालिएको थियो ।

अब चोभार बन्दरगाहबाट नयाँ गाडी जाँचपास गर्न सकिने, 'ड्यामरेज' शुल्क कम लाग्ने Read Previous

अब चोभार बन्दरगाहबाट नयाँ गाडी जाँचपास गर्न सकिने, 'ड्यामरेज' शुल्क कम लाग्ने

अर्थतन्त्र चलायमान बनाउन पुनर्कर्जा र कर्जा पुनर्तालिकीकरण व्यवस्था गर्न अध्यक्ष ढकालको माग Read Next

अर्थतन्त्र चलायमान बनाउन पुनर्कर्जा र कर्जा पुनर्तालिकीकरण व्यवस्था गर्न अध्यक्ष ढकालको माग