काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबलकार प्रालि बीच विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकले अन्नपूर्ण केबलकारमा २५ प्रतिशतसम्म छुट पाउनेछन् । साथै, पोखरास्थित सिटिजन्स बैंकका शाखाहरुमा नयाँ खाता खोल्ने ग्राहकले केबलकारको टिकट निःशुल्क पाउने छन् ।
यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
सिटिजन्स बैंकले हाल देशभरका १८२ वटा शाखा, १३९ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट करिब साढे १५ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।