तीन बीमा कम्पनीको सेयर कारोबार रोक्का, अब नयाँ नामबाट किनबेच हुने

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत तीन जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ ।

एक आपसमा मर्ज भएका प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्सको सेयर कारोबार भोलि (वैशाख २६ गते)देखि रोक्का हुने भएको हो ।

तीन कम्पनी मर्ज भई भोलिदेखि ‘हिमालयन लाइफ इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । अब तीनै कम्पनीको सेयर कारोबार हिमालयन लाइफको नामबाट सुरु हुनेछ ।

तीनै कम्पनी समान हैसियत अर्थात् १:१:१ सेयर अनुपातमा गाभिने भएका हुन् । हाल प्राइम लाइफको चुक्ता पूँजी ३ अर्ब १४ करोड, गुराँस लाइफको २ अर्ब ५३ करोड र युनियन लाइफको २ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । एकीकृत कारोबारपछि नयाँ कम्पनीको चुक्ता पूँजी ८ अर्ब १ करोड रुपैयाँ पुग्नेछ ।

उपत्यकामा उच्च क्षमताका ८ सबस्टेसन निर्माणाधीन, रिङरोड घेर्ने प्रसारण लाइन बनाइँदै Read Previous

उपत्यकामा उच्च क्षमताका ८ सबस्टेसन निर्माणाधीन, रिङरोड घेर्ने प्रसारण लाइन बनाइँदै

नेप्सेमा २ कम्पनीको बोनस र हकप्रद सेयर सूचीकृत Read Next

नेप्सेमा २ कम्पनीको बोनस र हकप्रद सेयर सूचीकृत