काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा थप दुई कम्पनीको सेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर र बेस्ट फाइनान्सको हकप्रद सेयर सूचीकृत भएको हो ।
गुराँस लाइफले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गरेको १३.२७ प्रतिशत अर्थात् २९ लाख ७१ हजार ९३० कित्ताबोनस सेयर सूचीकृत गरेको हो ।
त्यस्तै, बेस्ट फाइनान्सले अवितरित हकप्रद लिलामी गरेको २ लाख ५९ हजार २९ कित्ता सेयर सूचीकृत भएको हो ।
दुवै कम्पनीको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।