सिभिल बैंकको लाभांश घोषणा

काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको कार्तिक २० गते सम्पन्न २८८ औं बैठकले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट ६.५७ प्रतिशत नगद लाभांश दिन घोषणा गरेको हो।

 

यो लाभांश अघिल्लो आर्थिक वर्ष २०७४/७५ को तुलनामा २.५२ प्रतिशतले बढी हो । सिभिले २०७४/७५मा ४.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

 

बैंकले चुक्ता पूँजीको ६.५७ प्रतिशत बराबर हुन् आउने ५२ करोड ५८ लाख २२ हजार ७०१ रुपैयाँ नगद लाभांश बाँड्ने छ ।हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँ छ ।

 

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र सेयरधनीले पाउनेछन्।

 

 

अब काठमाडौंमा नयाँ विद्यालय खोल्न नपाइने Read Previous

अब काठमाडौंमा नयाँ विद्यालय खोल्न नपाइने

साढे ५ महिनापछि कारोबार खुलेको एनएमबी बैंकको सेयरमा लगानीकर्ताको आकर्षण Read Next

साढे ५ महिनापछि कारोबार खुलेको एनएमबी बैंकको सेयरमा लगानीकर्ताको आकर्षण