अर्थतन्त्र मन्दीतर्फ गयो, सरकार र राष्ट्र बैंक संवेदनशील हुन आवश्यक छ : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्र मन्दीतर्फ धकेलिएको भन्दै सरकार र नेपाल राष्ट्र बैंकलाई संवेदनशील हुन आग्रह गरेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयद्धारा सार्वजनिक राष्ट्रिय लेखा तथ्यांकले बजारमा लामो समयदेखि विद्यमान मन्दीलाई प्रतिविम्वित गरेको भन्दै महासंघले सबैलाई गम्भीर बन्न आग्रह गरेको हो ।

तथ्यांक कार्यालयले यस वर्ष १.८६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । यससंगै पछिल्ला तीन त्रैमासमा अर्थतन्त्र ऋणात्मक रहनुले अर्थतन्त्रमा मन्दीको अवस्था देखाएको छ ।

उत्पादनमूलक उद्योग, निर्माण र व्यापारको वृद्धिदर ऋणात्मक हुनु भनेको निजी क्षेत्र संकुचित हुँदै गएको संकेत हो । १ वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य र मुलुकभित्र भएका नीतिगत परिवर्तनका कारण अर्थतन्त्र मन्दीमा जानेतर्पm सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै आए पनि सम्बन्धित निकायबाट पहल नहुँदा अर्थतन्त्रमा चाप परेकोतर्पm महासंघले गम्भीर ध्यानाकर्षण गराएको छ ।
अर्थतन्त्रलाई मन्दीबाट बाहिर ल्याउन बजारमा माग बढाउनुपर्ने र त्यसका लागि सरकार र नेपाल राष्ट्र बैंक सम्वेदनशील हुनुपर्ने आवश्यकता रहेको महासंघले जनाएको छ ।

यसैगरी, निजी क्षेत्रको लगानी विस्तार गर्न तत्काल ब्याजदर कम गर्ने उपाय केन्द्रीय बैंकले अवलम्बन गर्नुपर्ने र केन्द्रीय बैंकले मुख्यतया नीतिगत दर, बैंक दर, अनिवार्य नगद अनुपात घटाउने लगायत आवश्यक उपाय अवलम्बन गरि ब्याजदर घटाउन पहल गर्नुपर्ने महासंघको भनाइ छ ।

यसैगरी, पुराना ऋणीहरुले साँवाब्याज भुक्तानी गर्न नसक्दा बैंकहरुको खराब कर्जा समेत करिब ४ प्रतिशत पुगिसकेको हुँदा कर्जाको पुर्नसंरचना एवं पुर्नतालिकीकरणको सुविधा दिइनुपर्ने महासंघको माग छ ।

९ महिना यता लगातार ७ प्रतिशतभन्दा बढी मूल्य वृद्धि रहँदै आएकाले आम उपभोक्ताको क्रयशक्ति क्रमशः घटिरहेको छ । निजी क्षेत्रले निर्वाध काम गर्न नपाउँदा सरकार र आम उपभोक्ता समेत सँगसँगै प्रभावित भैरहेकोले तत्काल सुधारको कार्य नथाल्ने हो भने अर्थतन्त्रको मन्दी लम्बिदै जानेतर्फ ध्यानाकर्षण गराउँदै महासंघ, सरकार र केन्द्रिय बैंकको सम्वेदनशीलताका अपनाउनु पर्ने महासंघको आग्रह छ ।

मिटरब्याजीलाई ७ वर्षसम्म कैद, ७० हजार जरिवाना हुने Read Previous

मिटरब्याजीलाई ७ वर्षसम्म कैद, ७० हजार जरिवाना हुने

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना Read Next

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना