प्रभु बैंकको १ अर्बको ऋणपत्र बिक्री खुल्ला, कहाँबाट दिने आवेदन

काठमाडौं । प्रभु बैंकको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला भएको छ । बैंकले ‘१०.२५% प्रभु बैंक डिबेन्चर २०८६’ नामक १ हजार रुपैयाँ अंकित दरका १० लाख इकाई ऋणपत्र जारी गरेको हो ।

 

कूल १० लाख इकाईमध्ये ४ लाख इकाई सर्वसाधारणमा जारी हुनेछ भने ६ लाख इकाई बैंकले व्यक्तिगत तरवबाट संघ संस्थालाई बिक्री गर्नेछ।

 

बैंकले जारी गर्ने १० वर्षे अवधिको उस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी पाउनेछन्। ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

 

बैंकले जारी गर्ने उक्त ऋणपत्रमा छिटोमा कार्तिक २५ गतेसम्म आवेदन गर्न पाइनेछ भने सो अवधिमा सबै ऋणपत्रका लागि आवेदन नपरेको खण्डको ढिलोमा मंसिर २० गतेसम्म आवेदन गर्न सकिन्छ।

 

ऋणपत्रमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु तथा मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन गर्न सकिन्छ ।

 

रेटिङ एजेन्सी इक्रा नेपालले प्रभु बैंकको यस ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलबीबीबी’ रेटिङ दिएको छ ।

 

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरे पछि पछिल्लो समय प्रायः सबैजसो वाणिज्य बैंकहरु ऋणपत्र जारी गर्ने तयारीमा जुटेका छन्।

बैंकले लिएनन् साइबर सुरक्षा बीमा, बाध्यकारी बनाउने राष्ट्र बैंकको तयारी Read Previous

बैंकले लिएनन् साइबर सुरक्षा बीमा, बाध्यकारी बनाउने राष्ट्र बैंकको तयारी

साढे ५ महिना पछि एनएमबी बैंकको सेयर कारोबार खुल्यो Read Next

साढे ५ महिना पछि एनएमबी बैंकको सेयर कारोबार खुल्यो