अब एलपी ग्यासको व्यापारीक र घरायसी प्रयाेजनकाे मूल्य फरक, वितरण प्रणाली पुनरावलोकनकाे तयारी

काठमाडौं । सरकारले खाना पकाउने एलपी ग्यासको वितरण प्रणाली पुनरावलोकन गर्ने भएको छ । वितरण प्रणाली पुनरावलोकनका लागि कन्सल्टेन्ट हायर गरी मोडालीटी निर्माणको तयारी भइरहेको आयल निगमका सूचना अधिकारी मनोज कुमार ठाकुरले बताए ।

उनकाअनुसार ग्यास वितरण प्रणाली पुनरावलोकनको मोडालिटी र त्यसको नियमनका लागि कन्सल्टेन्ट हायर गरिएको हाे । उक्त कन्सल्टेन्टले सर्वसाधारणले प्रयोग गर्ने ग्यास र व्यवसायीक रुपमा प्रयोग हुने ग्यासको मूल्य फरक हुने उनले बताए ।

‘घरायसी प्रयोजनका लागि र व्यापारीक प्रयोजनका लागि फरक मूल्य लागू हुनेछ,’ ठाकुरले चाणक्य पोष्टसँग भने ।

उनका अनुसार निगमले निम्न वर्गका सर्वसाधनलाई अनुदानमा र व्यवसायीक परियोजनका लागि फरक मूल्य लागू गर्ने छ ।

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा घरायसी र व्यापारीक प्रयोगका लागि अलगअलग मूल्य कायम गर्ने घोषणा गरे पनि हालसम्म त्यसमा कुनै निर्णय निकाल्न सकेकाे छैन ।

दुई थरी मूल्य निर्धारणका लागि हाल अध्ययन समिति गठन गरिएको निगमले जनाएको छ । निगमले सरोकारवालासँग छलफल समेत सुरु गरेको जनाएको छ ।

निगमले विद्यार्थी वर्गलाई लक्षित गरेर ग्यासको मूल्यमा राहत दिने योजना बनाएको छ । यसअघि तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले ग्यासमा घरायसी प्रयोजनका लागि रातो र व्यापारिक प्रयोजनका लागि निलो सिलिन्डर लागू गर्ने निर्णय गरेका थिए । तर, कार्यान्वयन भने प्रभावकारी हुन सकेको थिएन ।

देशभर व्यवसायीक प्रयोजनका लागि ३० प्रतिशत ग्यास प्रयोग हुने गरेकाे छ । घरायसी प्रयोजनका लागि ७० प्रतिशत ग्यासको खपत हुने गरेको छ । दुवै प्रयोजनका लागि हालसम्म एउटै मूल्य कायम गरिएको छ ।

मासिक ४५ लाख मेट्रिक टन ग्यास खपत हुन्छ । चालू आर्थिक वर्षको चैत्र महिनासम्ममा ४४ अर्ब ८४ करोड ८६ लाख रुपैयाँ बराबरको ग्यास आयात भएको भन्सार विभागको तथ्यांक छ । सो मूल्यमा ३८ करोड ७६ लाख ३० हजार केजी ग्यास आयात भएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा कुल ५ लाख ३६ हजार २८ मेट्रिकटन ग्यास आयात भएको थियो । निगमले ग्यासमा सबैभन्दा धेरै घाटा बेह्रोर्ने गरेको छ । हालसम्म निगमले प्रतिसिलिन्डरमा ३५३.५ रुपियाँ घाटा बोह्रोरी रहेको छ ।

सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने हिमालयन बैंक सम्मानित Read Previous

सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने हिमालयन बैंक सम्मानित

गाउँमा उत्पादित मह विदेश निर्यात, प्रतिकिलाे दुई हजारमा बिक्री Read Next

गाउँमा उत्पादित मह विदेश निर्यात, प्रतिकिलाे दुई हजारमा बिक्री