टेलिकमले ल्यायो आइसीटी डे अफर, यस्ता छन् प्याकेज

काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी डे) २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ ।

दिवसका अवसरमा कम्पनीले आजदेखि भ्वाइस र डाडा प्याकेज उपलब्ध गराइएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ । यो अफर यही वैशाख १९ गतेसम्म लागू हुनेछ ।

यसअन्तर्गत रु ४९ मा एक दिन चलाउन सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने एक सय मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।

यसैगरी डाटा प्याकेजअन्तर्गत रु ९८ मा तीन दिन चलाउन सकिने ६ जीबी डाटा, रु १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु २९४ मा १० दिन चलाउन सकिने २० जीबी डाटा र रु ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध छ ।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ वैशाख १९ गते मनाइँदैछ ।

अरुण तेस्रोको टनेलमा पहिरो खसेपछि नदी थुनियो, २ किमी लामो ताल बन्यो Read Previous

अरुण तेस्रोको टनेलमा पहिरो खसेपछि नदी थुनियो, २ किमी लामो ताल बन्यो

दुई वटा एक्सचेन्ज भएपछि कसरी हुन्छ सेयर कारोबार ? Read Next

दुई वटा एक्सचेन्ज भएपछि कसरी हुन्छ सेयर कारोबार ?