मेरोअटो मोटर र्‍याली सुरू

काठमाडौं । मेरोअटो मोटर र्‍यालीको तेस्रो संस्करण सुरू भएको छ ।  शुक्रबार दिउँसो २ बजे काठमाडौंको नक्सालमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र सदस्य प्रवलजंग पाण्डेले ‘फ्याग अप’ गरी र्‍यालीको सुरू गरेका हुन् ।

काठमाडौंको नक्सालबाट सुरू भएके र्‍याली टोखा, छहरे हुँदै ऐतिहासिक नुवाकोट दरवार पुगेर बट्टारस्थित सिद्धार्थ होटल वाटर टावरमा पुगेर समापन हुनेछ ।

विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको मोटर र्‍यालीमा यस वर्ष ५० वटा कार र १०० जनाको सहभागिता रहेको छ ।

मेरोअटो डटकमले आयोजना गर्दै आएको यस मोटर र्‍याली मुख्यतया हाइवे ड्राइभिङ, आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम र ब्यवसायीक नेटवर्किङ विस्तारको लागि सहयोगी हुने अपेक्षा गरिएको छ ।

उक्त र्‍यालीको ‘इन एशोसिएशन विथ’ लक्ष्मी हुन्डाई र बीवाइडी रहेका छन् । र्‍यालीमा प्रयोजकको रुपमा एमजी, सिप्रदी, भीडब्लू, ग्लोबल आइएमई बैंक, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स, आईएमई जस्ता ब्राण्ड छन् ।

र्‍यालीको बैंकिङ पाटनर सिटिजन्स बैंक छ भने, वेभरेज पाटनर हिमालयन ब्रुअरी, ल्यूब पाटनर नेपाल ल्यूब आयल र इन्टरनेट पाटनर डिशहोम फाइबर नेट रहेको छ ।

साताको सूचीकरण : नेप्सेमा थप ९ कम्पनीको बोनस सेयर सूचीकृत Read Previous

साताको सूचीकरण : नेप्सेमा थप ९ कम्पनीको बोनस सेयर सूचीकृत

बुद्ध एयरले ल्यायो नयाँ एटिआर–७२ जहाज Read Next

बुद्ध एयरले ल्यायो नयाँ एटिआर–७२ जहाज