साताको सूचीकरण : नेप्सेमा थप ९ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा यस साता थप ९ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । ती ९ वटै कम्पनीको गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा मंगलबार नेपाल हाइड्रो डेभलपर, साविकको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो । त्यस्तै, बहीबार नेपाल पुनर्बीमा इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त, निर्धन उत्थान लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर र गरिमा विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा नेपाल हाइड्रो डेभलपरको गत वर्षको नाफाबाट वितरण गरेको ५ प्रतिशत बोनस बापतको १ लाख ५९ हजार ९६६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यसैगरी, सगरमाथा इन्स्योरेन्सको १२.४० प्रतिशत अर्थात् १६ लाख ५३ हजार ६९९.९६ कित्ता र लुम्बिनी इन्स्योरेन्स ६.९९ प्रतिशत अर्थात् ९ लाख १७ हजार ६४४.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको ५ प्रतिशत बोनस बापतको ५८ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यस्तै, डिप्रोक्स लघुवित्तको १० प्रतिशत अर्थात् १३ लाख ८७ हजार ४९८.३३ कित्ता, निर्धन उत्थान लघुवित्तको १९ प्रतिशत अर्थात् ४१ लाख ४७ हजार ५४७.५ कित्ता र प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२ प्रतिशत अर्थात् ३ लाख ९४ हजार ३९२ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यसैगरी, अरुण भ्याली हाइड्रोपावरको ८ प्रतिशत अर्थात् १३ लाख ८३ हजार ६७६ कित्ता र गरिमा विकास बैंकको १३ प्रतिशत अर्थात् ५९ लाख ६८ हजार १३५.५५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सूचीकृत सबै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

ग्लोबल आइएमई स्मार्ट एपमार्फत मौलाकालिका केबलकारको टिकट काट्दा १०% छुट Read Previous

ग्लोबल आइएमई स्मार्ट एपमार्फत मौलाकालिका केबलकारको टिकट काट्दा १०% छुट

मेरोअटो मोटर र्‍याली सुरू Read Next

मेरोअटो मोटर र्‍याली सुरू