३३ निर्माण कम्पनीको लाइसेन्स खारेज (नामसहित)

काठमाडौं । ३३ वटा निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय पबद्र्धन शाखाले तोकिएको समयमा नवीकरण नगर्ने ३३ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज गरेको हो ।

प्रबद्र्धन शाखाल बिहीबार एक सूचना जारी गर्दै निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत्र मसान्तसम्म निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगरेकाले सोही ऐनको दफा ७ को उपदफा ३ बमोजिम ती निर्माण व्यवसायीको इजाजतपत्रहरु स्वतः खारेज भएको जनाएको हो ।

महाशाखाले ती कम्पनीलाई इजाजतपत्र नवीकरणका लागि कुनै पनि चासो नदेखाएका स्वतः खारेज गरेको हो । खारेजीमा पर्ने कम्पनीहरूमा जोर पोखरी निर्माण सेवा, शेरा निर्माण सेवा, शिरशिरे दिमालुङ निर्माण सेवा, पुनम श्री निर्माण सेवा, नुम्वुर निर्माण सेवा निर्माण, पृथ्वी नेपाल कन्स्ट्रक्सन कम्पनी, टौदह कन्स्ट्रक्सन, झलक कन्स्ट्रक्सन, विजय निर्माण सेवा, शक्ति प्रभाव निर्माण सेवा, सीएम देवान निर्माण सेवा रहेका छन् ।

त्यसैगरी, किलिमान्जारो कन्स्ट्रक्सन, कालिका निर्माण सेवा, जेवि विल्डर्स, धमला निर्माण सेवा, ह्याङला फ्याफुल्ला कन्स्ट्रक्सन, जेपी एण्ड कन्स्ट्रक्सन, सुशिल निर्माण सेवा, सुरजमल सोनी एण्ड कम्पनी, बिरौटा कन्स्ट्रक्सन एण्ड विल्डर्स, सरस कन्स्ट्रक्सन, न्यू हिमालयन विल्डर्स, न्यू जगत्र देवी निर्माण सेवा, ओझा कन्स्ट्रक्सन, मालिका निर्माण सेवा, न्यू एस विल्डर्स, सेरावेशी महादेव निर्माण सेवा लगायतको इजाजतपत्र खारेज भएको छ।

इजाजतपत्र खारेजी भएका निर्माण कम्पनीहरू अब कुनै पनि सार्वजनिक निकाय वा निजी टेन्डरमा सहभागी हुन पाउने छैनन्।

 

ब्याजदर घटे पनि बढेन कर्जाको माग, लगानीका क्षेत्र खोज्दै बैंकहरू Read Previous

ब्याजदर घटे पनि बढेन कर्जाको माग, लगानीका क्षेत्र खोज्दै बैंकहरू

नेप्सेमा एकैदिन ६ कम्पनीको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा एकैदिन ६ कम्पनीको बोनस सेयर सूचीकृत