नेप्सेमा एकैदिन ६ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा आज (बिहीबार) एकैदिन ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा बिहीबार नेपाल पुनर्बीमा इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त, निर्धन उत्थान लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर र गरिमा विकास बैंककाे बाेनस सेयर सूचीकृत भएकाे हाे ।

६ वटै कम्पनीकाे  गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा पुनर्बीमा कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको ५ प्रतिशत बोनस बापतको ५८ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यसैगरी, डिप्रोक्स लघुवित्तको १० प्रतिशत अर्थात् १३ लाख ८७ हजार ४९८.३३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै, निर्धन उत्थान लघुवित्तको १९ प्रतिशत अर्थात् ४१ लाख ४७ हजार ५४७.५ कित्ता र प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२ प्रतिशत अर्थात् ३ लाख ९४ हजार ३९२ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यसैगरी, अरुण भ्याली हाइड्रोपावरको ८ प्रतिशत अर्थात् १३ लाख ८३ हजार ६७६ कित्ता र गरिमा विकास बैंकको १३ प्रतिशत अर्थात् ५९ लाख ६८ हजार १३५.५५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सूचीकृत सबै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

३३ निर्माण कम्पनीको लाइसेन्स खारेज (नामसहित) Read Previous

३३ निर्माण कम्पनीको लाइसेन्स खारेज (नामसहित)

इमान्दार र पारदर्शी भएर काम गर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन Read Next

इमान्दार र पारदर्शी भएर काम गर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन