विदेशबाट आएको रेमिट्यान्स प्राप्त गर्दा बोनस पाइने

काठमाडौं । अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिट्यान्स रकम प्राप्त गर्दा बोनस पाइने भएको छ ।

आइएमई डिजिटल सोलुसन लिमिटेडले ‘आइएमई पे’मा आएको रेमिट्यान्स प्राप्त गर्दा ग्राहकले ५० रुपैयाँ बोनस पाउने भएका हुन् ।

संसारको जुनसुकै कुनाबाट आउने रेमिट्यान्स ‘आइएमई पे’ मा कन्ट्रोल नम्बर राखी दाबी गर्दा ५० रुपैयाँ रकम बोनसको रुपमा प्रदान गरिँदै आएको छ । ‘

आइएमई पे’ ले सो बोनस रकम आगामी दिनहरुमा पनि निरन्तरता दिँदैग्राहकहरुलाई झन्झट बिना विदेशबाट आएको रकम वालेटमै दाबी गर्न प्रोत्साहन गरेको छ ।

सो बोनस रकम अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिट्यान्स दाबी गर्दा पनि उपलब्ध हुनेछ।

 

फ्लाई दुबईको जहाजमा देखिएको वास्तविक समस्या के हो ? Read Previous

फ्लाई दुबईको जहाजमा देखिएको वास्तविक समस्या के हो ?

आइएमईले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त Read Next

आइएमईले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त