आइएमईले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । आइएमई लिमिटेडले प्राथमिक साधारण सेयर (आइपीओ) निष्काशन प्रक्रिया अघि बढाएको छ ।

यसैक्रममा कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतापत्रमा आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरे ।

आइएमईले आफ्नो जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

आइएमईले २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ । रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा पटक पटक ‘ठूला करदाता सम्मान’बाट आइएमई पुरस्कृत भएको छ।

आइएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आइपीओ जारी गर्दै आएको छ ।

 

विदेशबाट आएको रेमिट्यान्स प्राप्त गर्दा बोनस पाइने Read Previous

विदेशबाट आएको रेमिट्यान्स प्राप्त गर्दा बोनस पाइने

इङवा हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Next

इङवा हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?