काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि बीमाको अनुदानमा करिब ३१ करोड रुपैयाँ प्रिमियम भुक्तानी दिएको छ ।
मन्त्रालयले चालु आर्थिक वर्षका लागि ३० करोड ७८ लाख रुपैयाँ अनुदान भुक्तानी गरेको हो । सरकारले बजेट मार्फत कृषि बीमामा ८० प्रतिशतसम्म अनुदान दिने बजेट मार्फत घोषणा गरेको थियो ।
सोही व्यवस्थालाई कार्यान्वयन गर्न मन्त्रालयले कृषितर्फ ७८ लाख १४ हजार, पशुपन्छी तर्फ ३० करोड गरी बीमा प्रिमियम वापतको रकम भुक्तानी गरेको जनाएको छ ।