नेप्सेमा थप ३ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा मंगलबार नेपाल हाइड्रो डेभलपर, साविकको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा नेपाल हाइड्रो डेभलपरको गत वर्षको नाफाबाट वितरण गरेको ५ प्रतिशत बोनस बापतको १ लाख ५९ हजार ९६६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यसैगरी, सगरमाथा इन्स्योरेन्सको १२.४० प्रतिशत अर्थात् १६ लाख ५३ हजार ६९९.९६ कित्ता र लुम्बिनी इन्स्योरेन्स ६.९९ प्रतिशत अर्थात् ९ लाख १७ हजार ६४४.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत तीनै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

रोकिएन बीमालेख त्याग्ने क्रम, मासिक सवा अर्बको पोलिसी सरेन्डर Read Previous

रोकिएन बीमालेख त्याग्ने क्रम, मासिक सवा अर्बको पोलिसी सरेन्डर

३१ करोड कृषि बीमाको अनुदान Read Next

३१ करोड कृषि बीमाको अनुदान