काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार २ अंकले बढेको नेप्से आज १७ अंकले बढेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १३ करोडले बढेर ८८ करोड रुपैयाँ पुगेको छ ।
मंगलबार सेयर बजार मापक सूचक नेप्से १७.३६ अंकले बढेर १९०५.६८ बिन्दुमा पुगेको छ । यसदिन २६४ कम्पनीको २७ लाख ५७० कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्डबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै १.९२ प्रतिशतले बढेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, कालिञ्चोक दर्शन ३ करोड र नबिल बैंक साढे २ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज तारागाउँ होटलको सेयर मूल्य ८ प्रतिशतले बढेको छ । त्यस्तै, खप्तड लघुवित्त ७.८५, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र माछापुच्छ्रे बैंकको सेयर मूल्य ४ प्रतिशतले बढेको छ ।