नबिल बैंकले ल्यायो नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड

काठमाडौं । नबिल बैंकले नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई केन्द्रीत गरेर ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको हो ।

बैंकको यस क्रेडिट कार्ड ग्राहकले अरू कार्डमा जस्ताे नवीकरण शुल्क, वार्षिक शुल्क वा अन्य शुल्कहरू तिर्नुनपर्ने बैंकले जनाएको छ।

बैंकका अनुसार उक्त कार्डमार्फत ग्राहकले किनमेल गर्न, बिल तिर्न र नगद झिक्ने सबै सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

बैंकका नयाँ र विद्यमान खाता भएका ग्राहकहरूले यो कार्डका लागि बैंकको वेबसाइट वा देशभरका २५६ शाखाहरुबाट आवेदन दिनसक्ने बैंकले जनाएको छ ।

यो योजना वैशाख ३० गतेसम्मका लागि मात्र लागू हुने बैंकले जनाएको छ।

पोखरा-चीन सिधा हवाई उडान संचालन गर्न आग्रह Read Previous

पोखरा-चीन सिधा हवाई उडान संचालन गर्न आग्रह

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Next

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी