सिटिजन्स बैंकका ग्राहकले पल्पसा प्याराडाइजमा २० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हेटौंडा, मकवानपुरस्थित पल्पसा प्याराडाइज होम प्रालि बीच विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका कार्डबाहकले पल्पसा प्याराडाइज होममा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंकले हाल देशभरका १८२ वटा शाखा, १३९ वटा एटीएम ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाईबाट १५ लाख ४० हजार बढि ग्राहकलाई बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

लक्ष्मी बैंकद्वारा नेपाल प्रहरीका छोराछोरीलाई छात्रवृत्ति दिन २५ लाखको कोष स्थापना Read Previous

लक्ष्मी बैंकद्वारा नेपाल प्रहरीका छोराछोरीलाई छात्रवृत्ति दिन २५ लाखको कोष स्थापना

अख्तियारको कार्यक्षेत्रमा पर्ने गरी विधेयक बनेपछि निजी क्षेत्र सशङ्कित Read Next

अख्तियारको कार्यक्षेत्रमा पर्ने गरी विधेयक बनेपछि निजी क्षेत्र सशङ्कित