लक्ष्मी बैंकद्वारा नेपाल प्रहरीका छोराछोरीलाई छात्रवृत्ति दिन २५ लाखको कोष स्थापना

काठमाडौं । लक्ष्मी बैंकले नेपाल प्रहरीका छोराछोरीलाई छात्रवृत्ति दिन २५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ ।

बैंकले नेपाल प्रहरी कल्याण कोषसँग २५ लाखको छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने सम्झौता गरेको हो। सम्झौतामा बैंकका रिटेल फाइनान्स सर्भिसेसका प्रमुख दिपेश अमात्य र नेपाल प्रहरी नायब महानिरीक्षक केदार ढकालले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार बैंकले वार्षिक ७ लाख ५० हजार रुपैयाँ दरले आगामी ५ वर्षसम्म आर्थिक सहयोग गर्ने प्रतिबद्वता जनाएको छ।

छात्रवृत्ति कोषबाट प्रहरी विद्यालयहरुमा अध्ययनरत जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिने जनाएको छ । बैंकका अनुसार सहिद, अवकाश प्राप्त,अशक्त जुनियर प्रहरी अधिकृत दर्जाका परिवारलाई छात्रवृत्ति दिइनेछ।

छात्रवृत्तिको छनोट प्रक्रिया नेपाल प्रहरीले व्यवस्थापन गर्ने छ। बैंकले आर्थिक सहयोग गर्नेछ।

स्वदेशी सवारी साधन दर्ताका लागि कार्यविधि संशोधन गरिँदै Read Previous

स्वदेशी सवारी साधन दर्ताका लागि कार्यविधि संशोधन गरिँदै

सिटिजन्स बैंकका ग्राहकले पल्पसा प्याराडाइजमा २० प्रतिशतसम्म छुट पाउने Read Next

सिटिजन्स बैंकका ग्राहकले पल्पसा प्याराडाइजमा २० प्रतिशतसम्म छुट पाउने