नागरिकका आवश्यकता केन्द्रित बजेट बनाउन कांग्रेसको जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका आवश्यकतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न सुझाव दिएका छन् ।

कांग्रेस संसदीय दलको आज बसेको बैठकमा उनले मुलुकको विषम आर्थिक परिस्थितिमा आगामी बजेटमा समेट्नुपर्ने विषयका बारेमा पार्टीका तर्फबाट सुझाव दिन सांसदहरुलाई आग्रह गरेका थिए । नागरिकका आवश्यकता सम्बोधन हुने गरी आगामी बजेट निर्माण हुनुुपर्ने उनको भनाइ थियो ।

बैठकमा अर्थमन्त्री एवं पार्टीका नेता डा प्रकाशशरण महतले विषम आर्थिक अवस्थालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको बजेट बनाइने जानकारी गराएको राष्ट्रिय सभामा कांग्रेसका प्रमुख सचेतक अनिता देवकोटाले बताए । मन्त्री डा महतले आगामी बजेटमा राख्नुपर्ने प्राथमिकताका बारेमा सांसदहरुको सुझावका लागि आग्रह गरेका थिए।

उनले सांसदहरुले राखेका जिज्ञासाका बारेमा टिपोट गरेको र मङ्गलबारको बैठकमा जवाफ दिने बताइएको छ । सांसदहरुले सुझाव दिने क्रम बाँकी रहेकाले कांग्रेस संसदीय दलको बैठक भोलि बिहान १०ः३० बजे पुनः बस्ने प्रमुख सचेतक देवकोटाले जानकारी दिए ।

अपार्टमेन्टमा बैंकको लगानी झन्डै दोब्बले बढ्यो, २६ अर्ब कर्जा प्रवाह Read Previous

अपार्टमेन्टमा बैंकको लगानी झन्डै दोब्बले बढ्यो, २६ अर्ब कर्जा प्रवाह

तनहुँमा वाग्लेको अग्रता कायमै Read Next

तनहुँमा वाग्लेको अग्रता कायमै