तनहुँमा वाग्लेको अग्रता कायमै

काठमाडौं । तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।

हालसम्म २९ हजार आठ सय दुई मतगणना हुँदा वाग्लेले १५ हजार एक सय ३५ मत प्राप्त गरेका छन् । साथै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले आठ हजार सात सय ३४ मत र नेकपा (एमाले)का सर्वेन्द्र खनालले पाँच हजार मत प्राप्त गरेका छन् ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । कूल एक लाख २३ हजार तीन सय पाँच मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ ।

नागरिकका आवश्यकता केन्द्रित बजेट बनाउन कांग्रेसको जोड Read Previous

नागरिकका आवश्यकता केन्द्रित बजेट बनाउन कांग्रेसको जोड

स्वदेशी सवारी साधन दर्ताका लागि कार्यविधि संशोधन गरिँदै Read Next

स्वदेशी सवारी साधन दर्ताका लागि कार्यविधि संशोधन गरिँदै