दोल्ती पावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । दोल्ती पावर कम्पनीको प्राथमिक साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले आज आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख २७ हजार १८६ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । तीमध्ये भाग्यमानी एक जनाले थप १ कित्ता सेयर पाएका छन् ।

कम्पनीको आइपीओमा कुल १३ लाख ८३ हजार ७२४ जनाले आवेदन दिएका थिए । तीमध्ये १ लाख १४ हजार ७७८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी दिएको छ।

कम्पनीले चैत २८ गतेदेखि वैशाख ३ गतेसम्म सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १२ करोड ७१ लाख ८६ हजार १०० रुपैयाँ बराबरको १२ लाख ७१ हजार ८६१ कित्ता सेयर विक्रीमा ल्याएको थियो ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले  https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको वेबसाइट र मेराेसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात, कुन देशबाट कति ल्याइयो ? Read Previous

६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात, कुन देशबाट कति ल्याइयो ?

नयाँ स्टक एक्स्चेन्जका लागि हिमालयन स्टकले दियो आवेदन Read Next

नयाँ स्टक एक्स्चेन्जका लागि हिमालयन स्टकले दियो आवेदन