नयाँ स्टक एक्स्चेन्जका लागि हिमालयन स्टकले दियो आवेदन

काठमाडौं । नयाँ स्टक एक्स्चेन्जको लागि हिमालयन स्टकले आवेदन दिएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार शुक्रबार हिमालयन स्टक एक्सचेन्जले आवेदन दिएको हो।

बोर्डले गत चैत ३० गते १० दिनको म्याद राखेर नयाँ स्कट एक्स्चेन्जका लागि आवेदन आह्वान गरेको थियो । सो म्याद आइतबारसम्म छ । यद्यपि, आइतबार इदका कारण सरकारले सार्वजनिब बिदा दिए सोमबारसम्म आवेदन दिन पाउने छन् ।

हिमालयन स्टकमा हिमालयन रि इन्स्योरेन्सका संचालकहरु नै मुख्य लगानीकर्ता रहेका छन् ।जसमा दीपक भट्ट, शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा लगायतको लगानी छ ।

बोर्डका अनुसार नयाँ स्टकको चुक्ता पूँजी ३ अर्ब हुनुपर्नेछ । जसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधरणको ३० प्रतिशत लगानी रहने छ ।

यस्तै, बोर्डले दुई वटा कमोडिटी एक्स्चेन्जका लागि आवेदन मागेको भए पनि अहिलेसम्म एउटा पनि आवेदन नपरेको जबोर्डले जनाएको छ ।

दोल्ती पावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Previous

दोल्ती पावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

धुलिखेल–खावा सडक : निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्दको सिफारिस Read Next

धुलिखेल–खावा सडक : निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्दको सिफारिस