काठमाडौं । जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जनाको ज्यान गएको छ ।
घटनास्थल जाजरकोट–डोल्पा सडक भेरी कोरीडोर अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका-१२, तल्लु ठुलाबगरमा निर्माणाधीन भइरहेको बेलिब्रिज भाँचिएको हो ।
यस्तै, दुर्घटनामा परी अन्य ४ जना गम्भीर घाइते भएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।